Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस बाराले भन्यो - किसान श्रेष्ठलाई उम्मेदवार बनाए भोट हाल्दैनौं

बारा । एकीकृत समाजवादी नेता किसान श्रेष्ठलाई उम्मेदवार बनाए भोट नदिने नेपाली काँग्रेस बाराले घोषणा गरेको छ ।

नेपाली काँग्रेस बारा निर्वाचन क्षेत्र नम्बर ४ का नेता तथा कार्यकर्ताले श्रेष्ठलाई भोट नदिने घोषणा गरेका हुन् ।

जितपुरसिमरा उपमहानगरपालिका र ३ ले आयोजना गरेको बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर ४ का काँग्रेसका नेता कार्यकर्ताहरुले यस्तो बताएका हुन् ।

निर्वाचन क्षेत्र नम्बर ४ पहिला देखि नै काँग्रेसको पकड भएको र अहिले तनहुँका किसान श्रेष्ठलाई गठबन्धनले उम्मेदवार बनाएर पठाए पनि उनलाई भोट दिन नसकिने काँग्रेस बाराले जनाएको छ ।

किसान श्रेष्ठ बाराको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधी सभामा उम्मेदवार बनाउन लागेको भन्दै नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष सहित नेताहरु बिहिबार एमालेमा प्रवेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077