Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनी प्रदेश प्रमुख शेरचलाई कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनलाई दिएकी छिन्।

शुक्रबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी लुम्बिनीका प्रमुख शेरचनलाई दिएको जानकारी दिएको छ।

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार क्यानाडाको ओटावामा यही असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा भाग लिन जाने छन्।

सो कारण प्रधानमन्त्रीको सिफारिसमा उनको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार शेरचनलाई तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077