Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बजारमा पठाउँदै

काठमाडौँ । लामो समयदेखि तरलताको अवस्था सुधार नभएपछि राष्ट्र बैंकले रिपोमार्फत ३० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।

अल्पकालिन रूपमा तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम बजारमा पठाउन लागेको हो ।

बिहीबार बोलकबोल भएर बिहीबार नै जारी हुने उक्त रिपोका लागि बैंकहरुले न्यूनतम १० करोड वा सोभन्दा माथि १० करोडले भाग जाने अंकमा अवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

उक्त रिपोको अवधि २७ असोजसम्म रहनेछ । बिहीबार नै खुला बजार कारोबारसम्बन्धी विनियमावली संशोधन गर्दै स्थायी तरलता सुविधासम्बन्धी व्यवस्थामा दशैंमा हुने लामो बिदामा सहजीकरण गर्ने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077