Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • एमाले नेता भीम रावलको स्पष्टीकरण – म पार्टीसँग सम्पर्कविहीन छु भन्नु हास्यास्पद

    एमाले नेता भीम रावलको स्पष्टीकरण – म पार्टीसँग सम्पर्कविहीन छु भन्नु हास्यास्पद

    अनलाइन नेपाल
  • बिहिबार, १३ असोज २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफू पार्टीको सम्पर्कमै रहेको स्पष्टीकरण दिएका छन् ।

    ट्वीटरमा एक अभिव्यक्ति सार्वजनिक गर्दै उनले आफू पार्टीको सम्पर्कमा नरहेको भन्ने कुरा हास्यास्पद रहेको बताएका हुन् ।



    उनले यसबारे आफूले जिल्ला इन्चार्ज र अध्यक्षलाई समेत जानकारी गराएको उल्लेख गरेका छन् ।



    उनले लेखेका छन्, ‘म पार्टीको सम्पर्कमा नरहेको भन्ने के हो भनी धेरै पत्रकारले प्रश्न गर्नुभयो । म अछाम प्रतिनिधिसभा क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेलामा प्रमुख वक्ताको रूपमा सहभागी भएँ ।

    योबारे जिल्ला इञ्चार्ज र अध्यक्षलाई जानकारी गराएको थिएँ । म सम्पर्कविहीन भन्नु हास्यास्पद ।’

    केही दिनअघि एमाले सुदूरपश्चिमका नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएका थिए ।

    त्यो टोलीलाई अध्यक्ष ओलीले रावल पार्टीको सम्पर्कमा नरहेको बताएको खबर सार्वजनिक भएको थियो । नेता रावलले ट्वीटरमार्फत त्यसै कुराको खण्डन गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार