Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनावी मैदानमा दुई गठबन्धनको टक्कर

काठमाडौं । आगामी मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन दुई वटा गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ ।

नेपाली कांग्रेसले नेतृत्व गरिरहेको सत्तारूढ पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेतृत्व गर्ने सात दलीय गठबन्धनबीच चुनावी भिडन्त हुने भएको हो ।

राष्ट्रिय रूपमा चुनावी गठबन्धन नगर्ने बताउँदै आएको नेकपा एमालेले स्थानीय आवश्यकताका आधारमा विभिन्न साना राजनीतिक दलहरूसँग चुनावी तालमेल गर्ने भएपछि चुनावी मैदानमा दुईवटा गठबन्धन देखिने पक्का भएको छ ।

सत्तामा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा नेपाल एक समूहमा आवद्ध छ ।

त्यस्तै नेकपा एमालेको नेतृत्वमा बन्न लागेको अर्को गठबन्धनमा महन्त ठाकुरले नेतृत्व गरेको लोसपा, राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल, ह्रृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी र नेपाली कांग्रेस (बीपी) मिल्ने भएका छन् ।
नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077