Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपमेयर डंगोलले भनिन् - अनधिकृत व्यापारिक क्रियाकलाप भए हटलाइनमा गुनासो टिपाउनु

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपभोक्तालाई अनधिकृत व्यापारिक क्रियाकलाप भए हटलाइनमा गुनासो टिपाउन आग्रह गरेको छ ।

बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं महानगरकी उपमेयर सुनिता डंगोलले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘त्यसो भन्दैमा अनुगमनमा कारवाही नै गर्नु पर्छ भन्ने पनि होइन। सामान्य खालका समस्या गर्नेलाई सचेत बनाउने, सुधार गर्न मौका दिने र गम्भीर प्रकृतिको गल्ती गर्नेलाई कारवाही गर्ने हो। उपभोक्ताहरुलाई पनि जागरुक बनाउने हो।’

उनले स्वच्छ र गुणस्तरीय सामान, सुपथ मूल्यका लागि उपभोक्ता आफैँ सचेत हुनपर्ने बताइन्। उपप्रमुखले नेतृत्वले गरेको टोलीले प्रदर्शनी मार्गस्थित टुकुचा तरकारी बजार, खसी बजार तथा त्यस क्षेत्रमा भएका मासु पसल हेरेको थियो।

महानगरका टोल फ्रि नंम्बरहरु १६६००१/०५५११ र ११८० हुन्। यीमध्ये ११८० स्वास्थ्य सेवाका लागि अन्तिममा ५५११ भएको नम्बर अन्य गुनासा तथा सुझावका लागि हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077