Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बलियो गठबन्धन : रणनीतिमा विपक्षी दल

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी गठबन्धन तथा सिट बाँडफाँट नेपाल कम्युनिस्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच आज छलफल हुँदै छ ।

छलफलका लागि दुवै पार्टीका तर्फबाट वार्ता टोलीसमेत गठन गरिएको छ । टोलीले आगामी निर्वाचनमा चुनावी गठबन्धन र सिट बाँडफाँट टुंगो लगाउनेछ । काठमाडौंमा हुने छलफलका लागि स्थान र समय गोप्य राखिएको छ । दुवै वार्ता टोलीले आफूलाई छलफल हुने स्थान र समय थाहा नभएको जनाएका छन् ।

लोसपा कार्यकारिणी समिति सदस्य एवं वार्ता टोली सदस्य लक्ष्मणलाल कर्णले आज चुनावी गठबन्धन र सिट बाँडफाँट’दयगत छलफल हुने जानकारी दिए । पार्टीले दिएको जिम्मेवारीअनुसार निर्वाचनकेन्द्रित विषयमा छलफल हुने उनको कथन छ ।

‘स्थान र समय अहिले तय भइसकेको छैन, हामीबीच औपचारिक रूपमा हुने छलफल पहिलो हो । चुनावी गठबन्धन र सिट बाँडफाँट प्रारम्भिक छलफल हुन्छ, बाँकी कुरा त छलफलमा बसेपछि त्यही हुन्छ,’ कर्णले भने ।

एमाले उपाध्यक्ष एवं वार्ता टोली संयोजक विष्णु पौडेल सोमबार रातिसम्म भैरहवामा छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077