Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानी आणविक वैज्ञानिकको हत्या आरोपमा १४ जनाविरूद्ध मुद्दा दायर

एजेन्सी । इरानले सन् २०२० को नोभेम्बरमा शीर्ष आणविक वैज्ञानिक मोहसिन फखरीजादेहको हत्यामा संलग्न भएको आरोपमा १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

इरानको आणविक कार्यक्रममा आफ्नो भूमिकाका कारण अमेरिकी प्रतिबन्धको सामना गरिरहेका फखरीजादेहलाई तेहरानबाहिर उहाँको कारमा रहेका समय आक्रमण गरी हत्या गरिएको थियो।

तेहरानका मुख्य अभियोजक अली सालेहीले १४ जनालाई अभियोग लगाइएको घोषणा गरे ।

इरानले फखरीजादेहको रिमोट कन्ट्रोल मेसिनगनबाट विस्फोटक पदार्थ र गोली हानी हत्या गरिएको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077