Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसले चुनावी घोषणापत्रका लागि प्रविधिमार्फत् सुझाव संकलन गर्दै

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि प्रविधिमार्फत् सुझाव संकलन सुरु गरेको छ।

कांग्रेस घोषणापत्र तयारी समितिले जनभावना संकलन गर्ने क्रममा प्रविधिमार्फत् साताव्यापी सुझाव संकलन थालेको कांग्रेस महामन्त्री विश्व प्रकाश शर्माले जानकारी दिए।

घोषणापत्र निर्माणका लागि आन्तरिक छलफलदेखि प्रत्यक्ष सम्वाद र सर्वाजनिक सम्वाद सुरु गरेको हो । समितिले स्वदेश तथा विदेशमा रहेका कांग्रेसका समर्थक, शुभेच्छुक र आलोचक लगायत समस्त नेपालीलाई सुझावका लागि आह्वान गरेको हो।

नेपाली कांग्रेसको आधिकारी फेसबुकपेज, इमेल ट्विटर लगायतका माध्यमबाट यही असोज १६ गते अपरान्ह ४ बजेभित्र सुझाव पठाइसक्न अनुरोध गरेको छ।

यसरी विभिन्न माध्यमबाट आएका सुझावहरुलाई समितिले घोषणा तयारीका क्रममा सम्बोधन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077