Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१५ दिनमै एक करोडभन्दा बढीको तास आयात

काठमाडौं ।  नेपालमा चालु आर्थिक वर्षको भदौ महिनाको १५ दिनको अवधिमा एक करोडभन्दा बढिको तास आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा एक करोड ३ लाख ३२ हजार रुपैयाँ बराबरको ६ लाख ७८ हजार २४४ प्याकेट तास आयात भएको हो ।

गत बैशाखदेखि सरकारले विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै तास आयात पनि प्रतिबन्ध लगाएको थियो ।

तर, भदौ १४ गतेदेखि भने सरकारले तास आयात खुला गरिदियो । खुला गरेको १५ दिनमै तास आयातका लागि नेपालीको एक करोड पैसा बाहिरिएको देखिन्छ ।

नेपालमा चीन भारत जर्जिया अमेरिका लगायतका देशरुबाट तास आयात हुने गर्छ । यसमध्ये पनि सबैभन्दाबढि चीनबाट तास आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077