Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सबै सुरक्षा निकायका प्रमुखहरूबीच जंगी अड्डामा छलफल, निर्वाचनलाई भयरहित बनाउन प्रतिबद्ध

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने विषयमा बिहीवार सबै सुरक्षा निकायका प्रमुखहरूबीच छलफल भएको छ ।

नेपाली सेनाको मुख्यालय जंगी अड्डामा प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाबीच निर्वाचन सुरक्षाका विषयमा छलफल भएको हो ।

उक्त छलफलमा नेपाली सेनाका उच्च तहका अधिकृतहरूको समेत सहभागिता रहेको थियो । छलफलमा समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै विशेषतः आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाको बारेमा छलफल एवं अन्तरक्रिया भएको नेपाली सेनाले जनाएको छ ।

छलफलमा सबै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न सरकारबाट प्राप्त जिम्मेवारीहरूको समीक्षा पनि भएको थियो ।

सुरक्षा प्रमुखहरूले केन्द्रीय, प्रादेशिक र स्थानीय तहमा समन्वय र सहकार्य गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077