Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले प्रवेश गर्दै सर्वेन्द्रले भने - ओलीजस्तो राष्ट्रवादी र सत्यको पक्षमा लाग्ने नेता कोही भेटिन

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले आफु नेपाल प्रहरीको संगठनमा विभिन्न पद हुँदै प्रमुख समेत भएर काम गर्दा केपी ओलीजस्तो प्रधानमन्त्री कोही नपाएको बताएका छन् ।

बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गर्दै खनालले इन्सपेक्टर हुँदैदेखि केपी ओलीका राष्ट्रवादी कदम र अडानबाट आफू प्रभावित भएको  बताए ।

खनालले भने, 'मेरो जागिरको दौरानमा अध्यक्ष कमरेड जत्तिको राजनेता अर्को कोही भेट्टाइनँ । म उहाँका कुराबाट लालायित हुन्थेँ ।’

खनालले प्रहरी संगठनमा आफू विभिन्न पदमा रहेका बेलामा अन्यायमा पर्दा ओलीलाई आफ्नो समस्या सुनाएपछि समाधान भएको पनि बताए ।

बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा खनाललाई ओलीले पार्टी प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077