Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • मिटरब्याजी अनिरुद्ध पुर्पक्षका लागि कारगार चलान

    मिटरब्याजी अनिरुद्ध पुर्पक्षका लागि कारगार चलान

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 1.1K
    SHARES

    महोत्तरी । ठगी आरोपमा पक्राउ परेका महोत्तरी भंगाहा ५ का अनिरुद्ध साह पुर्पक्षका लागि कारगार चलान भएका छन् ।

    मिटरब्याजबाट गरिब र विपन्नलाई ठगी गरेको आरोपमा मुद्दा लागेका उनलाई जिल्ला अदालत महोत्तरीले कारगार चलान गरेको हो ।



    महोत्तरी, धनुषासहित तराईका जिल्लामा गरिब तथा विपन्न परिवारलाई ऋण दिएर चार गुणासम्म बढी रकम असुल्ने र जायजेथा हडप्ने गरी जालसाजी कागजात बनाउँदै उठिबास लगाएको भन्दै साहविरुद्ध मुद्दा परेपछि एक महिनाअघि महोत्तरी प्रहरीले उनलाई पक्राउ गरेको थियो ।



    जिल्ला अदालत महोत्तरीमा बुधबार भएको बहसपछि उनी जेल चलान भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।१९ जनाको जाहेरीपछि पक्राउ परेका साहविरुद्ध अहिले पनि जिल्ला प्रहरीमा निवेदन पर्नेक्रम जारी छ ।

    ५ बिघा पुर्ख्यौली सम्पत्ति भएका साहको अहिले ९३ विघा जग्गाजमिन रहेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार