Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेले छान्यो समानुपातिक उम्मेदवार, सोमबार सूची पेश गरिने

काठमाडौं । नेकपा एमालेले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।

आइतबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले दुवै निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको नामावली टुङ्गो लगाएको हो ।

प्रतिनिधिसभातर्फ ११० जना र प्रदेशसभाका लागि २२० जनाको नामको सूची तयार पारेको केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार बन्दसूचीको नामावली भोलि निर्वाचन आयोगमा बुझाइने छ । असोज १६ गतेसम्म अहिलेको सूचीमा हेरफेर हुनसक्ने उले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077