Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनसंख्यामा महिला धेरै, मतदातामा पुरुष

काठमाडौं । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पुरुष मतदाताको संख्या करिब तीन लाखले बढी रहेको छ ।

निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको मतदाता नामावली सूचीअनुसार पुरुष मतदाताको संख्या महिलाभन्दा २ लाख ९३ हजार २२७ बढी छ ।

आयोगका अनुसार ८८ लाख ४७ हजार ५७९ महिला मतदाता र ९१ लाख ४० हजार ८०६ पुरुष मतदाता रहेका छन् । अन्यमा १८५ मतदाता रहेका छन् ।

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतादाताले मतदान गर्न पाउने भएका छन् ।

यो सख्या साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गराएको हो । यस्तै १०,८९१ मतदान स्थल र २२,२२६ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077