Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नयाँबानेश्वरबाट अनलाईन ठगीमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । समाजिक सञ्जाल फेसबुकमा टि मोबाइल स्टोर पेज खोली उक्त पेजको दुरुपयोग गरी अनलाईन ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका-११ खनार बस्ने २३ वर्षीय प्रसिन चौधरी रहेको प्रहरीले जनाएको छ ।

चौधरीले उक्त पेजको दुरुपयोग गरी आईफोन १३ प्रो मोबाईल सेट सस्तो मूल्य १ लाख १५ हजार रुपैयाँ पर्छ भनी पीडितलाई भन्सार ट्याक्स, डेलिभरी चार्ज बापत बिभिन्न ब्यक्तिहरुको ईसेवा आईडी तथा बैंक खातामा रकम पठाउन लगाई ठगी गरेको आरोप छ ।

घटनाको थप अनुसन्धानका लागि खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरमा फेला पारी पक्राउ गरेको हो । उनलाई ठगी कसूरमा आवश्यक कारवाही एवं अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077