Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारको खातामा ३ खर्ब रुपैयाँ मौज्दात

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन) सकिंदासम्म सरकारको खातामा ३ खर्ब रुपैयाँ मौज्दात रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले सरकारका खातामा २ खर्ब ९४ अर्ब २५ करोड रुपैयाँ नगद मौज्दात रहेको छ ।

यो रकम प्रदेश र स्थानीय तहका सरकारको खातामा रहेको रकम समेत जोड्दा आएको हो । २०७९ असार मसान्तसम्म सरकारका खातामा २ खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ मौज्दात थियो ।

सरकारले पहिलो महिना पूँजीगत खर्च मात्र १ अर्ब ४८ करोड गर्न सकेको छ । चालु खर्च ५ अर्ब ६६ करोड हुँदा वित्तीय व्यवस्थामा १५ अर्ब १२ करोड रुपैयाँ खर्च गर्न सकेको छ ।

यसले सरकारको कुल खर्च २२ अर्ब २६ करोड रुपैयाँ मात्र भएको देखिएको छ । यस आवमा सरकारले राजस्व परिचालनबाट ७९ अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेको थियो । यसमा प्रदेश र स्थानीय तहमा बाँडफाँट हुने रकम समेत समावेश रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077