Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

१३ किलो चरेससहित तीन महिला पक्राउ

पर्सा । लागुऔषध चरेससहित प्रहरीले तीन ‍जना महिलालाई पक्राउ गरेको छ। प्रहरीले पर्सागढी नगरपालिका-२ बागवानास्थित सडकखण्डमा ना-२ ह ३१८६ नम्बरको अटोलाई चेकजाँच गर्दा तीन जना महिलाहरूको साथमा चरेस भेटिएको हो।

पक्राउ पर्नेहरूमा मकवानपुरको मनहरी गाउँपालिका-८ बस्ने कल्पना मोक्तान, कवितामाया बल र रीता विश्वकर्मा रहेको प्रहरीले जनाएको छ।

बाराको जीतपुरबाट मनवातर्फ जाँदै गरेको अटोमा सवार तीनैजना महिलाहरूले बोकेको झोला भित्रबाट १३ किलो ८ सय ग्राम चरेस बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनैजनालाई चरेससहित लागुऔषधसम्बन्धी कसूरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077