Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हत्या गरेर भागेका मण्डल इन्टरपोलको सहयोगमा कतारबाट पक्राउ

काठमाडौं । धनुषामा हत्या गरेर भागेका आरोपीलाई प्रहरीले कतारबाट पक्राउ गरेर नेपाल ल्याएको छ ।

धनुषा घर भएका राजिवकुमार मण्डललाई इन्टरपोलको सहयोगमा कतारबाट नेपाल ल्याइएको हो ।

मण्डलसहित २ जनाले कुटपिट गर्दा गम्भीर घाइते भएका धनुषाका एकजनाको काठमाडौंमा मृत्यु भएको थियो । कुटपिटको क्रममा उनीहरुले धारिलो हतियार प्रयोग गरेको प्रहरीको भनाइ छ ।

हत्यापछि फरार भएका मण्डलविरुद्ध प्रहरीले इन्टरपोलमा रेड कर्नर नोटिस जारी गरेको थियो । सो नोटिशको आधारमा कतार प्रहरीले मण्डललाई पक्राउ गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077