Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निवासमै हत्या गरिएको अवस्थामा वृद्धा महिलाको शव भेटियो

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–२० मा एक जना वृद्धाको हत्या भएको छ ।

घरमा एक्लै बस्दै आएकी ६५ वर्षीया वृद्धा पूर्णीमाया राईको निवासमै हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गएराति ती वृद्धाको हत्या भएको जस्तो देखिन्छ ।

उनलाई घाइते बनाएर हत्या गरेको हुनसक्ने सुनसरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए ।

एसपी ढकालले विस्तृत अनुसन्धान नभएसम्म केही भन्न नसकिने बताए । उनको हत्या लुटेरा समूहले गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077