Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

ट्वीटरका शेयरधनीले गरे एलन मस्कसँगको सम्झौता अनुमोदन

एजेन्सी । ट्वीटरका शेयरधनीहरुले एलन मस्कसँग भएको ४४ अर्ब डलरको सम्झौतालाई अनुमोदन गरेका छन् । अमेरिकाको सनफ्रान्सिस्कोमा रहेको मुख्यालयमा भएको कन्फ्रेन्सकलमार्फत भएको सम्मेलनले मस्कसँगको सम्झौतालाई अनुमोदन गरेको हो ।

शेयरधनीले सम्झौता अनुमोदन गरेसँगै अब ट्वीटरले कम्पनी किन्नका लागि मस्कलाई बाध्य बनाउन प्रयास गर्ने छ । त्यसका लागि ट्वीटरले अदालतको ढोकासमेत ढकढक्याउने छ ।

विश्वकै धनी मस्क भने ४४ अर्ब डलरमा ट्वीटर किन्ने सम्झौताबाट पछि हटेका छन् । मस्कले ट्वीटरका फेक तथा स्पाम अकाउन्ट र प्रयोगकर्ताको सुरक्षाका बारेमा आफूलाई गलत जानकारी दिएको बताएउँदै सम्झौता तोडेको बताएका थिए ।

विद्युतीय कार उत्पादक कम्पनी टेस्लाका मालिक मस्क आफैंले ४४ अर्ब डलरमा ट्वीटरको स्वामित्व किन्ने प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077