Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोटेश्वरमा चल्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको तीनकुने कोटेश्वर क्षेत्रमा रहेका अवैध संरचना भत्काएको छ ।

महानगरको डोजरले आइतबार सो क्षेत्रका अवैध संरचना हटाएको हो । यसअघि पनि महानगरले कोटेश्वरको सुन्दर बजार क्षेत्रका अवैध संरचना डोजर लगाएर भत्काएको थियो ।

संरचना भत्काउन महानगरले ३५ दिने सूचना जारी गरेको थियो । डोजरसहित महानगरका प्रतिनिधि पुगेपछि केही व्यापारीले आफैले अनधिकृत संरचना भत्काउन थालेका छन् ।

काठमाडौंका मेयर बालेन शाहले महानगरभित्रका अवैध संरचना हटाउने र कर असुली गर्ने अभियान नै चलाएका छन् ।

उनको यो अभियानप्रति धेरैको समर्थन छ भने केही व्यापारीले भने विरोध गर्दै आएका छन् । महानगरले ३५ दिने सूचना टाँसेर अवैध संरचना हटाउने अभियान थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077