Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दशैंका लागि नयाँ नोट सटही शुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) देखि दशै‌का लागि नयाँ नोट वितरण शुरु गरेको छ ।

केन्द्रीय बैंकको बालुवाटारस्थित कार्यालयबाट नयाँ नोट वितरण शुरु गरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले जानकारी दिए ।

आज कार्यालय समय शुरु भएदेखि नै राष्ट्र बैंकमा पैसा साट्नेको लाइन लागेको उनले बताए । भदौ २९ गतेबाट नयाँ नोट वितरण गर्ने भने पनि आजबाटै वितरण गरिएको नेपालले बताए ।

एक व्यक्तिले ५ देखि एक सय दरका एक एक प्याकेट गरी १८ हजार ५ सय सम्म साट्न पाउँनेछन् । आज ४० करोड रुपैयाँ वितरण गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । अन्य बैंक तथा वित्तिय संस्थाले भने असोज २ गतेदेखि वितरण गर्ने नेपालको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077