Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यि हुन गुप्तचरमा वढुवा हुने पाँच जना भाग्यमानी डिआइजी

काठमाडौैं । राष्ट्रिय अनुसन्धान विभाग ( गुप्तचर)मा पाँच जना डिआइजीमा बढुवा भएका छन् ।

ओम खड्का, कृष्ण खनाल, रामप्रसाद दाहाल, प्रजेशसिंह हमाल र भिम बहादुर बुढाथोकी डिआइजी सरहको अनुसन्धान निर्देशकमा बढुवा भएका हुन् ।

बढुवासँगै चार जनाले प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन् । खड्कालाई सुदूरपश्चिम खनाललाई प्रदेश नम्बर १, दाहाललाई कर्णाली तथा हमाललाई प्रदेश नम्बर २ को जिम्मेवारी दिइएको छ ।

बुढाथोकीको भने प्रधान कार्यालयमै पदस्थापन भएको छ । त्यस्तै, दुई डिआइजीको सरुवा पनि भएको छ ।

प्रदेश नम्बर १ मा कार्यरत प्रकाश पाण्डेको बागमती तथा सुदूरपश्चिममा कार्यरत मधु कार्कीको गण्डकीमा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077