Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साफ च्याम्पियनसिप खेल्ने महिला टोलीलाई मेयर बालेन र उपमेयर डंगोलको शुभकामना

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन र उपमेयर सुनिता डंगोलले शुभकामना दिएका छन् ।

मेयर बालेन र उपमेयर डंगोलले शुक्रबार इन्द्रजात्राका लागि अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसँग भेटघाट गर्न सोल्टी होटेल जाँदा राष्ट्रिय टिमलाई पनि भेटेर साफ महिला च्याम्पियनसिपका लागि शुभकामना दिएका हुन् ।

२१ भदौदेखि सुरु भएको महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ४–० को जित निकालेको थियो । नेपालले सोमबार श्रीलंकासँग खेल्ने तालिका छ ।

समूह ‘बी’ मा रहेको नेपालसँगै भुटान र श्रीलंका छन् । यता, समूह ‘ए’ मा साबिक तथा प्रतियोगिताको एक मात्र विजेता भारत, पाकिस्तान, बंगलादेश र माल्दिभ्स छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077