Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

वेभ साइटका डाटाहरु नष्ट गरेको आरोपमा जेनेसिस सोलुसन प्रालीका सीईओ पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले अनधिकृत रुपमा प्रवेश गरी डाटाहरु नष्ट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वेभसाइड होस्टिङ कम्पनी जेनेसिस सोलुसन प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रशन्न पोखरेल रहेका छन् । सुन्दर ग्रुप अफ कम्पनीज प्रालिको वेभ डाटाहरु नष्ट गरेको जेनेसिस सोलुसनमाथि आरोप लागेको छ ।

उक्त कम्पनीले अनधिकृत रूपमा होस्टिङ एकाउन्टमा प्रवेश गरी बिना पूर्व सूचना सम्पूर्ण डाटाहरु नष्ट गरी क्षती पुर्याएको भन्ने ब्यहोराको उजुरीमाथि ब्यूरोबाट प्रारम्भिक अनुसन्धान गर्दा संलग्न देखिएको ब्युरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता पशुपती रायले जानकारी दिए ।

पोखरेललाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको उनले बताए । उनलाई ब्यूरोबाट खटिई गएको टोलिले बुधबार जेनेसिस सोलुसन प्रालिको कार्यालयबाटै पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077