Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नक्कली ऋणी खडा गरेर कर्जा दुरुपयोग, सुपर लघुवित्त समस्याग्रस्त

काठमाडौं । नेपाल राष्ट्र बैंकले दाङको तुलसीपुरमा रहेको सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । संस्थाको संचालक समिति अध्यक्ष तथा सदस्यहरुले नक्कली ऋणी खडा गरी कर्जा दुरुपयोग गरेको पाइएपछि सो संस्थालाई समस्याग्रस्त घोषणा गरिएको हो ।

नेपाल राष्ट्र बैंकले संस्थाको गत असोज मसान्तको वित्तीय विवरणका आधारमा समस्टिगत स्थलगत निरीक्षण गरेको थियो । यसरी निरीक्षण गर्दा कैफियत देखिएपछि राष्ट्र बैंकले विशेष निरीक्षण गरेको थियो ।

यस्तो निरीक्षणबाट संस्थाका संचालक समिति अध्यक्ष तथा सदस्यहरु प्रत्यक्ष सम्मिलित भइ संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा दुरुपयोग गरिएको पाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यस्तै, संस्थाको पुँजीकोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक भएको राष्ट्र बैंकले संस्थालाई गत चैतमा स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो । संस्थाले दिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077