Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले नेता रावल भन्छन् - संसदको कार्यकाल लम्ब्याउने कार्य स्वेच्छाचारी र अलोकतान्त्रिक

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने तयारीप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले निर्वाचन प्रक्रिया अघि बढिसकेको अवस्थामा निर्वाचन आयोगको पूर्व घोषणाविपरीत स्वेच्छारी र अलोकतान्त्रिक कदम चालेको भन्दै यसलाई बन्द गर्न माग गरेका छन् ।

नेता रावलले लेखेका छन् ‘प्रतिनिधिसभाको निर्वाचनको प्रक्रिया अघि बढिरहेको र धेरैजसो सांसद काठमाडौंमा नभएको स्थितिमा संसदमा विभिन्न

ऐन संशोधन गर्ने र निर्वाचन आयोगको पूर्व घोषणाविपरीत प्रतिनिधिसभाको समयावधि बढाउने गठबन्धन सरकारको स्वेच्छाचारी र अलोकतान्त्रिक कार्य आपत्तिजनक छ । यस्तो काम बन्द होस्।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077