Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नाम सिफारिस भएपछि रावलले भने - मैले खेलेको भूमिकालाई पार्टीले मूल्यांकन गर्‍याे

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले नाम सिफारिस गरेपछि नेकपा एमालेका नेता भीम रावलले खुसी व्यक्त गरेका छन् ।

प्रतिनिधि सभा सदस्याका लागि अछाम–१ बाट आफू सिफारिस भएपछि सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले खुसी व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जाल लेख्दै उनले भनेका छन्, ‘यस निर्णयलाई मैले पाँच दशक लामो राजनीति जीवनमा राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हित, लोकतन्त्र र विधिको शासन, कम्युनिष्ट पार्टीको निर्माण र विस्तार तथा जनताको हकहित एवम् विकास निर्माणका लागि खेलेको भूमिकाको बलियो समर्थनको रूपमा लिएको छु ।'

आफ्नो नाम सिफारिस गरेकामा उनले पार्टीपंक्तिलाई धन्यवादसमेत दिएका छन् । पाँच दशक लामो राजनीतिक जीवनका क्रममा आफूले खेलेको भूमिकालाई पार्टीले मूल्यांकन गरेको उनले बताए ।

२०७४ सालको चुनावमा रावलले अछाम १ बाट कांग्रेसका भरतकुमार स्वाँरलाई पराजित गरेका थिए । उनले २४ हजार ८९३ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077