Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जंगली हात्तीको आक्रमणबाट स्कुटरमा सवार महिलाको मृत्यु

झापा । स्कुटरमा सवार एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका(५ बस्‍ने ३४ वर्षीया सम्झना श्रेष्ठको जंगली हात्तीको आक्रमणबाट मृत्‍यु हो ।

जिल्ला प्रहरी कार्यालय झापाका खनुसार शुक्रबार साँझ ५ः४० बजेतिर झापाको मेचीनगर–९ मा रहेको थोप्लेबिरान सामुदायिक वन क्षेत्रको भित्री सडकबाट स्कुटर चलाएर घर गइरहेकी श्रेष्ठको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

मे७प २०४६ नम्बरको स्कुटरमा सवार श्रेष्ठलाई अचानक देखापरेको हात्तीले आक्रमण गरेर गम्भीर घाइते बनाएको थियो।

उनलाई उपचारका लागि उर्लाबारीस्थित मेची आम्दा अस्पताल लगिएको थियो । उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077