Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भदौ २३ मा राष्ट्रिय सभाका समिति सभापतिहरूको चयन

काठमाडौं । करिब सात महिनादेखि रिक्त रहेका राष्ट्रियसभाका चारवटा विषयगत समितिले भदौ २३ गते नेतृत्व पाउने भएका छन् ।

राष्ट्रिय सभामा रहेका दलहरुका बीचमा सहमति भए अनुसार भदौ २३ गते निर्वाचन गर्ने तय भएको राष्ट्रिय सभाको सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाका विषयगत समितिका सभापति पदहरु कार्यकाल सकिएर २१ फागुन २०७८ मा कार्यकाल विदा भएका थिए ।

रिक्त राष्ट्रियसभा सदस्य पदमा १२ माघ २०७८ मै नयाँ सदस्य निर्वाचित भएका थिए, उनीहरु राष्ट्रियसभामा क्रियाशील छन् ।

५९ सदस्यीय राष्ट्रिय सभा सदस्यका लागि प्रत्येक दुईरदुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077