Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नागरिकता विधेयक पारित गर्न राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक शुक्रबार दिउँसो ३ बजे बस्नेछ । बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकमाथिको छलफल तथा पारित हुने छ ।

राष्ट्रपतिबाट फिर्ता भइ प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बिहीबारबाट छलफल सुरु भएको थियो ।

तर छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदहरूको बोल्नेक्रम नसकिएसँगै बैठक आजका लागि बोलाइएको हो ।

विधेयक सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथिको छलफल लम्बिएपछि शुक्रबार पनि छलफल जारी रहने सम्भावित कार्यसूची छ।

राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नागरिकता विधेयक शुक्रबारै पारित गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077