Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

स्वदेश फर्कियो भारतीय सेनाको भ्रमण दल

काठमाडौं । भदौ १२ गतेदेखि नेपाल भ्रमणमा रहेको भारतको नेसनल डिफेन्स कोर्स (एनडीसी)– ६२ को भ्रमण दल पाँच दिने भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएको छ ।

एयर भाइस मार्सल तेजवीर सिंहको नेतृत्वमा ३१ सदस्यीय टोली नेपाल भ्रमणमा आएको थियो । भ्रमण दौरान टोलीले प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेको थियो ।

उक्त अवसरमा टोलीले जंगी अड्डाको भ्रमण गरी नेपाली सेनासँग सम्बन्धित विषयहरुमा आधारित प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भएको थियो ।

साथै, भ्रमण दलका प्रमुख सिंहले प्रधानसेनापति प्रभुराम शर्मासँग जंगी अड्डामा शिष्टाचार भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077