Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गभर्नर अधिकारी भन्छन् - वित्तीय अपराध जोखिम आन्तरिक रुपमा सुधार गर्नुपर्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय अपराध जोखिम आन्तरिक रुपमा सुधार गर्नुपर्ने बताएका छन् ।

उनले सम्पत्ति शुद्धीकरण (वित्तीय अपराध) सम्बन्धी जोखिम अन्तर्राष्ट्रिय मुलुकलाई देखाउनेभन्दा पनि आन्तरिक रुपमा सुधार गर्नुपर्ने बताएका हुन् ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा गरेको छलफलमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्।

उनले मुलुकमा सम्पत्ति शुद्धीकरण सम्बन्धी जोखिम धेरै रहेकाले सरकारले नियन्त्रण गर्न जरुरी रहेको बताए । गभर्नर अधिकारीले सम्पत्ति शुद्धीकरणको समस्या क्षणिक नभएर दीर्घकालीन रुपमा सरकारले निराकरण गर्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077