Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाको मिसिसिपीमा एक लाख ८० हजार बासिन्दालाई खानेपानीको अभाव

एजेन्सी । अमेरिकाको मिसिसिपीको ज्याक्सनका करिब एक लाख ८० हजार बासिन्दालाई खानेपानीको अभाव भएको छ ।

अत्यधिक वर्षा र बाढीका कारण भरपर्दो दैनिक पिउने पानीको पहुँचबाट उनीहरू अनिश्चित रूपमा टाढिएका छन् ।

गत सप्ताहान्तमा आएको बाढीको कारण सहरको मुख्य पानी प्रशोधन परिसर क्षतिग्रस्त भएपछि पानीको चरम अभाव हुन थालेको हो ।

पानी अभाव भएपछि मिसिसिपी राज्यमा आपत्कालीन स्थिति घोषणा गरिएको छ । केही समयका लागि विद्यालय, रेस्टुरेन्ट र व्यापार व्यवसायहरू बन्द गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077