Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

भारतीय सेनाको ३१ सदस्यीय टोली नेपाल आइपुग्यो

काठमाडौं । भारतीय सेनाको ३१ सदस्यीय टोली पाँच दिने भ्रमणका लागि नेपाल आएको छ । भम्रणदलको नेतृत्व एयर भाइस मार्शल तेजवीर सिंहले गरेका छन्।

नयाँ दिल्लीस्थित राष्ट्रिय रक्षा कलेजमा सञ्चालित ‘राष्ट्रिय रक्षा पाठ्यक्रम–६२’मा सहभागी शिक्षार्थीहरूसहित टोली नेपाल आएको हो ।

उनीहरूले भदौ १६ गतेसम्म नेपाल भ्रमणका क्रममा विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकनका साथै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यतालिका छ।

भ्रमणदलले सोमबार प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गर्नेछन् । सोमबार नै उनीहरूले जंगी अड्डाको भ्रमण गर्ने कार्यक्रम पनि रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077