Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नागरिकता विधेयक विधायन समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं । ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

राष्ट्रियसभाको आइतवारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधनन) विधेयक २०७९’ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

राष्ट्रियसभाको अर्काे बैठक भदौ १६ गते अपराह्न २ः५९ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077