Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बैतडीमा एक युवक सडक किनारमा मृत फेला

बैतडी । बैतडीमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

मृत फेला पर्नेमा जिल्लाको डिलाशैनी गाउँपालिका–६ सउगाउँमा ३७ वर्षीय जयबहादुर बोहरा रहेका छन्।

बोहरा गोकुले–धामीगाउँ सौगाउ सडकको किनारमा मृत फेला परेका जिल्ला प्रहरी कार्याल बैतडीले जनाएको छ ।

भदौ १० गते बेलुका गोकुले बजार जान्छु भनी निस्केका बोहरा घर नफर्केपछि खोजतलास गर्दा सडक किनारमा मृत फेला परेका हुन्।

मादक पदार्थ सेवन गरिराख्ने बोहराको मृत्यु कसरी भयो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। बोहराको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077