Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक राष्ट्रियसभामा टेबुल

    राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक राष्ट्रियसभामा टेबुल

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 837
    SHARES

    काठमाडौं । राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नागरिकता विधेयकको सन्देश टेबुल भएको छ ।

    आइतबार बसेको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्बिचारका लागि फिर्ता भएको नागरिकता विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशबारे जानकारी गराएका हुन् ।



    राष्ट्रपतिबाट फिर्ता भएको विधेयक प्रतिनिधिसभाबाट २ भदौमा हुबहु पारित भइसकेको छ । अब राष्ट्रिय सभाले पनि पारित गर्नुपर्छ । राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पारित गर्नुपर्छ ।



    राष्ट्रपति भण्डारीले फिर्ता पठाएको ९ पृष्ठ लामो पत्रमा नागरिकता विधेयक संसदको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार