Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • उपमेयर डंगोल भन्छिन् – अनधिकृत संरचना हटाउने महानगरको अभियान सकारात्मक छ

    उपमेयर डंगोल भन्छिन् – अनधिकृत संरचना हटाउने महानगरको अभियान सकारात्मक छ

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरले पछिल्लो समय चलाएको अनधिकृत संरचना हटाउने अभियान सकारात्मक रहेको बताएकी छिन् ।

    उनले सामाजिक सञ्जालमा एक अपील सार्वजनिक गर्दै यो अभियानमा आफ्नो साथ, सहयोग र समर्थन रहेको बताएकी छिन् ।



    उनले भनेकी छिन्,’ ‘अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरपालिकाको हो । म काठमाडौं महानगरपालिकाको उपमेयरको हैसियतमा छु । त्यसैले काठमाडौँ महानगरपालिकाको यो अभियानमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु ।’



    उनले काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने आफ्नो एजेण्डाप्रति सजग र सचेत रहेको पनि स्मरण गराएकी छिन् ।

    केही दिनदेखि मुख्य गरेर केही अनललाइनहरुले महानगरपालिकाको पछिल्लो अभियानसँग मलाई जोडी आम महानगरवासीमा समेत भ्रम सिर्जना गर्ने गरी गरेका समाचार सम्प्रेषणप्रति मेरो ध्यानाकर्षण भएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार