Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीको बाक्लो उपस्थितिमा फोहोर बोकेका १ सय ५० भन्दा बढी ट्रक बञ्चरेडाँडामा

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट सङ्कलन गरिएको फोहोर आज बञ्चरेडाँडा लगिएको छ।

बिहानैदेखि १ सय भन्दा बढी फोहोर बोकेका ट्रक बञ्चरेडाँडा पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए।

अहिले स्थानीयले त्यहाँ कुनै पनि विरोध गरेका छैनन्। केही समय अगाडि बञ्चरेडाँडामा फोहोर खसाउन स्थानीयले रोकेपछि प्रहरी परिचालन गरिएको थियो।

स्थानीयले फोहोर लग्न सडक अवरुद्ध गरेपछि प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर बोकेको गाडी लगिँदै छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077