Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध अनुसन्धान जारी, ५ वर्ष कैद हुनसक्ने !

एजेन्सी । अमेरिकी न्याय विभागले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य कागजातहरुको दुरुपयोग गरेको आरोप लगाएको छ ।

विभागले केही समयदेखि ट्रम्पविरुद्धद अनुसन्धान जारी राखेको छ । सोही क्रममा उहाँको घर खानतलासी गर्ने क्रमममा शिलबन्दी नगरिएको महत्वपूर्ण कागजातहरु फेला परेको न्याय विभागको दावी छ ।

विभागका अधिकारीहरुले ट्रम्पले अधिकारको चरम दुरुपयोग गरेर राज्यका महत्वपूर्ण दस्तावेदजहरु बिना शिलबन्दी आफ्नो घरमा राखेकोसमेत उल्लेख गरेको छ ।

यसअघि अगस्ट ८ मा ट्रम्पमाथि लगाइएका आरोपको थप पुष्टि हुने कागजात फेला परेको अनुसन्धानमा संलग्न अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ट्रम्पले गोप्य दस्ताबेज राखेको आरोपमा उनलाई ५ वर्षसम्मको कैद सजाय हुन सक्ने वकिलहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077