Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र फौजको संख्या १० प्रतिशत बढाउन रुसी राष्ट्रपति पुटिनको आदेश

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी केही महिनामा मुलुकमा सशस्त्र फौजको संख्या थप्ने आदेशपत्रमा हस्ताक्षर गरेका छन् ।

अब रुसी सेनामा १ लाख ३७ हजार नयाँ सैनिक भर्ति गरिने भएको छ । यो रुसी सेनाको अहिलेको स‌ंख्याको १० प्रतिशत जति हो ।

अहिले रुससँग १० लाख भन्दा केही बढी सेना र नौ लाख निजामती कर्मचारी छन् ।

मुलुकभरि ठूलो परिमाणमा नगद प्रोत्साहनसहित सैनिक भर्ति अभियान चलिरहेको बेला पुटिनको यो घोषणापत्र सार्वजनिक भएको हो ।

पश्चिमी अधिकारीहरूले छ महिना अघि रुसले युक्रेनमाथि आक्रमण गरेयता ७० देखि ८० हजार रुसी फौज मारिएको वा घाइते भएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077