Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नागरिकता विधेयकको कुरा गर्दा देउवा मुन्टो हल्लाएर बसे : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे आफूले प्रधानमन्त्रीसँग गम्भीर आपत्ति जनाएको बताएका छन् ।

बिहीबार केन्द्रीय कार्यालय, च्यासलमा बसेको पोलिटब्यूरो बैठकमा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार बालुवाटारमा भएको भेटबारे ब्रिफिङ गरेका हुन् ।

आफैंले बालुवाटार बोलाएर भएको छलफलमा प्रधानमन्त्री देउवाले कुनै जवाफ नदिएको ओलीले ब्रिफिङ गरेका थिए ।

‘त्यत्रो गम्भीर कुरा गरेको छ, मुन्टो हल्लाएर बसे’, ओलीको ब्रिफिङ थियो । बुधबार बिहान प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077