Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • अमेरिकासहित चार देशका राजदूतले ओलीलाई भेटेर संक्रमणकालीन न्यायमा राखे गम्भीर चासो

    अमेरिकासहित चार देशका राजदूतले ओलीलाई भेटेर संक्रमणकालीन न्यायमा राखे गम्भीर चासो

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 993
    SHARES

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिका, बेलायत, अस्ट्रेलिया र स्विट्जरल्यान्डका राजदूतले भेटेका छन् । राजदूतहरूले आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सामूहिक भेट गरेका हुन् ।

    भेटवार्तामा अध्यक्ष ओलीका साथमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपमहासचिव विष्णु रिमाल र परराष्ट्र मामिला विभाग सचिव डा. अञ्जान शाक्य सहभागी थिए ।



    भेटमा राजदूतहरूले नेपाल सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न लागेकोमा एमालेको भूमिकाका विषयमा चासो राखेका थिए ।



    सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्दा त्यसमा अन्तर्राष्ट्रियस्तर र मान्यतामा ध्यान पुर्याउनुपर्नेमा उनीहरूको सुझाव रहेको एमालेले जनाएको छ ।

    उनीहरूले सङ्क्रमणकालीन न्यायमा पीडितको आवाज सम्बोधन हुनुपर्नेमा जोड दिएका छन् ।

    यो समस्या गठबन्धन सरकार र गठबन्धनमा रहेका दलहरूको मात्र नभइ देशकै समस्या भएकाले बहुमत–अल्पमतको आधारभन्दा माथि उठेर एकताका साथ टुंयाउनुपर्छ भन्ने धारणा एमालेको रहेको अध्यक्ष ओलीले स्पष्ट पारे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार