Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नागरिकता विधेयक राेक्न प्रधानमन्त्रीलाई ओलीकाे आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक रोक्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

आज बिहान बालुवाटारमा भएको भेटवार्तामा ओलीले प्रधानमन्त्री देउवालाई राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक रोक्न आग्रह गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको भए पनि नागरिकता विधेयक प्रतिनिधिसभाबाट दोस्रोपटक पारित भइसकेको छ । अब राष्ट्रियसभाबाट पनि पारित गरेर प्रमाणीकरणका लागि पुन: राष्ट्रपतिसमक्ष पेस गर्ने सरकारको तयारी छ । सरकारले दुवै सदनबाट पास गरेर प्रमाणीकरणका लागि दोस्रोपटक पेस गरेको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

यस्तै ओलीले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकबारे पनि चासाे राखेका थिए । बैठकमा सहभागी एमाले उपाध्यक्ष विष्णु पाैडैलका अनुसार मेलमिलाप विधेयकमा पीडकलाई उन्मुक्ति दिने गरी सरकारले विधेयक ल्याएकाेले त्यसलाई सच्याउन ओलीले आग्रह गरेका थिए ।

बालुवाटारमा भएको भेटवार्तामा एमालेका तर्फबाट उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेल सहभागी थिए । कांग्रेसका तर्फबाट सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077