Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

निर्वाचनपछि एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेको निर्वाचनपछि एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने बताएका छन् ।

शनिबार झापाको बिर्तामोडमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको आरोप लगाए । यस्तै उनले सर्वोच्च अदालतको परमादेशबाट बनेको अहिलेको सरकारले निर्वाचनमा जनादेश प्राप्‍त गरे मान्‍छे कुट्दै हिँड्ने बताए ।

‘यो त परमादेशबाट बनेको सरकार, भोलि जनादेश पनि प्राप्त भयो भने यिनीहरूको हालत के हुन्छ। यिनीहरू कसरी उफ्रिन्छन्,’ उनले भने, ‘यिनीहरूले बाटोमा मान्‍छे कुट्दै हिँड्छन्। चड्याम्म गालामा हिर्कायो। किन हान्यो भन्यो भनेर सोध्यो भने हाम्रो सरकार छ भन्छन्।’

यस क्रममा उनले सत्ता गठबन्धनकै सरकारका कारण बेतिथि उत्कर्षमा पुगेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077