Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लघुवित्तको ऋण तिर्न नसक्दा महिलाले गरिन् आत्महत्या

कैलाली । कैलालीमा एक महिला मृत फेला परेकी छन् ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ स्थित लठैयाकी ४६ वर्षीया रेश्मा चौधरी मृत फेला परेकी हुन्

बुधबार उनी आफ्नै घरमा मृत फेला परेकी प्रहरीले जानकारी दिएको छ । उनले विष सेवन गरेर आत्महत्या गरेको खुलेको प्रहरीको भनाइ छ ।

सोही ठाउँमा संचालित एक लघुवित्त संस्थाबाट मृतक रेश्माले ऋण लिएकी थिइन् ।

लघुवित्तका कर्मचारीहरुले हिजो नै उनलाई पैसा तिर्न भन्दै घरमा गएर ताला लगाएको बताइएको छ । त्यसपछि उनले आत्महत्या गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077