Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहमतिपछि पनि बञ्चरेडाँडामा हटेन फोहोर फाल्न अवरोध

काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडीहरुलाई स्थानीयले आज (बिहीबार) पनि अवरोध गरेका छन् । हिजो (बुधबार) काठमाडौं, नुवाकोट र धादिङका प्रजिअ र सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुबीच फोहोर विसर्जनका विषयमा चार बुँदे सहमति भएको थियो ।

स्थानीयले पक्राउ परेका एक जनालाई छुटाउन माग गर्दै फोहोर बोकेको गाडी अवरुद्ध गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मनान्धरले जानकारी दिए । पार्किङ गरेर राखिएका फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा प्रहरीले स्थानीयलाई पक्राउ गरेको थियो ।

बुधबार भएको ४ बुँदे सहमति पत्रमा सहमतिमा ७ दिनभित्रमा सबै टिपरहरुमा लिचेट नचुहिने व्यवस्था गर्ने, धुलो नियन्त्रण र दुर्गन्ध हटाउन औषधि छर्ने कामलाई प्रभावकारी बनाउने, प्रत्येक ३ दिनभित्र बञ्चरेडाँडा डम्पिङ साइटमा टेपिङ गर्ने काम गर्ने र आसन्न निर्वाचनमा अन्तर जिल्ला अपराध नियन्त्रणका लागि आवश्यक पर्ने सुरक्षा व्यवस्थाका लागि समन्वय गर्ने भनिएको छ ।

सहमति पत्रमा पक्राउ परेकाहरुलाई छुटाउने विषय उल्लेख नभएपनि मौखिक रुपमा उनीहरुलाई छुटाउने प्रशासनले आश्वासन दिए पनि नुछटेपछि स्थानीय बिहानैदेखि आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077