Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीको टिप्पणी - अदालतमा बहस गर्नुपर्ने वकिलहरू कम्फु कराँते खेल्नतिर लागे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनको सरकारले संसद्‌लाई पंगु बनाएको आरोप लगाएका छन्।

राजनीति र युवा महिला विषयक अनेमसंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गलत व्यक्तिको हातमा नेतृत्व पुगेकाले देश भद्रगोल बनेको बताएका हुन्।

उनले भने, ‘संसद्जस्तो छैन। सरकार सरकारजस्तै छ। अदालत अदालत जस्तो छैन। प्रधानन्यायाधीशमाथि महाभियोग लगाएर छाडिएको छ।’

अदालतमा बहस गर्नुपर्ने वकिलहरू कम्फु कराँते खेल्नतिर लागेको टिप्पणी गरे। आफू नेतृत्वको सरकारले सत्य र विकासको पक्षमा काम र राजनीति गर्ने बताए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवालाई संकेत गर्दै छोरी र श्रीमतीलाई अगाडि ल्याउन राजनीति गरेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077